घरायसी विवादमा बुहारीद्वारा सासूको हत्या
काठमाडौं : काभ्रे स्थित धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीले वृद्ध सासूको हत्या गरेकी छन् । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार गर्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासू माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार टाउको र पेटमा गम्भीर चोट लागेकी माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति १ बजे मृत्यु भएको हो । मादकपदार्थ सेवन गरेकी सासूसँग झगडा गरेर सासूकाे हत्या गरेकी २४ वर्षीया जेठी बुहारी सुन्तलीलाई घटनालगत्तै नियन्त्रणमा लिई बनेपा इप्रका हिरासतमा राखेर थप अनुसन्धान भइरहेको भट्टराईले बताए ।
सुन्तलीले ससुरा र श्रीमानकै अगाडि कपाल समातेर घरको पक्की भित्तामा पटक–पटक टाउको ठोक्याएर सासूको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएको छ ।