नागरिकता परिवर्तन गरेका १९ चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिलद्वारा खारेज
नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता त्यागेका १९ जना चिकित्सकको दर्ता (लाइसेन्स) खारेज गरेको छ।
काउन्सिलका अनुसार अमेरिकादेखि बेलायतसम्मका सात देशका नागरिकता लिएका चिकित्सकहरूको नाम दर्ता किताबबाट हटाइएको हो। रजिस्ट्रार डा. सतिश देवका अनुसार यो निर्णय ऐन तथा नियमावलीअनुसार गरिएको हो।
विवरणअनुसार बेलायतका ७, अमेरिकाका ५, क्यानडा र न्युजिल्याण्डका २–२ तथा जर्मनी, भारत र अष्ट्रेलियाका १–१ चिकित्सकको लाइसेन्स खारेज गरिएको छ।
काउन्सिलले यसलाई कानुनी व्यवस्था कार्यान्वयनको नियमित प्रक्रिया भएको स्पष्ट पारेको छ।