एनपीएलमा कर्णालीले काठमाडौंविरुद्ध पहिले ब्याटिङ गर्दै
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत अहिले काठमाडौं गोर्खाज र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले टस जितेर फिल्ड रोजेपछि कर्णालीले सुरुमा ब्याटिङ गर्ने भएको हो ।
कर्णाली सोमपाल कामीको कप्तानीमा मैदानमा छ भने काठमाडौंका कप्तान करण केसी हुन्।
एकएक खेल खेलेका कर्णाली र काठमाडौं दुवै टिम जितबिहीन छन्। कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको हो। दुवै टोली आजको खेलमो पहिलो जितको खोजीमा छन्।