एनपिएलमा आज काठमाडौंले सुदूरपश्चिमसँग र पोखराले जनकपुरसँग खेल्ने
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा बिहीबार दुई खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिलो खेल बिहान ९:१५ बजे पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्ससँग खेल्नेछ।
दिउँसो सवा १ बजे हुने दोस्रो खेल काठमाडौं गोर्खाज् र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।
लगातार दुई खेल जितेको जनकपुरले आज खेल्न लागेको खेल तेस्रो हो। यसअघि पहिलो खेलमा विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो।
पोखराको यो दोस्रो खेल हो। यसअघि चितवन राइनोजसँग पराजित भएको थियो।
काठमाडौं गोर्खाजको तेस्रो खेल हो। पहिलो खेलमा चितवनसँग पराजित भएको काठमाडौंले बुधबार कर्णालीलाई पराजित गरेको थियो।
सुदूरपश्चिमको पनि यो दोस्रो खेल हो। पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई पराजित गरेको थियो। काठमाडौंको मार्की खेलाडी करण केसी, सुदूरपश्चिमका दिपेन्द्रसिंह ऐरी, पोखरामा कुशल भूर्तेल, चितवनमा कुशल मल्ल छन्।