पोखराले दियो जनकपुरलाई १३९ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबार बिहान भएको खेलमा पोखरा एभेन्जर्सले जनकपुर पोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्ड रोजेपछि पोखराले सुरुमा ब्याटिङ गरेको हो। पूरै २० ओभर खेल्दै पोखराले ६ विकेटको क्षतिमा १३८ रन बनाएको हो।
पोखरालाई सस्तैमा समेट्न जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट हात पारे। उनले चार ओभर बलिङ गर्दा ३१ रन दिएर तीन विकेट हात पारेका हुन्। जेमी निसमले दुई विकेट लिँदा किशोर महतो र मोहमद मोसिनले एकएक विकेट हात पारे।