प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता, द्विपक्षीय हितका विविध विषयमा छलफल
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र नरेन्द्र प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको छ ।
आइतबार राति भएको भेटमा उनीहरूबीच नेपाल-भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको हो।
सोही अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताको विषयमा विचार विमर्श भएको छ । प्रधानमन्त्री दाहाल आइतबार साँझ भएको मोदीको प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको हो ।
प्रधानमन्त्री दाहाल आइतबार दिउँसो नै भारतको नयाँ दिल्ली पुग्नुभएको थियो ।