संघीय संसदका ४ वटा संसदीय समितिको बैठक आज बस्दै
काठमाडौं । संघीय संसदका ४ वटा संसदीय समितिको बैठक सोमबार बस्ने भएको छ ।
सार्वजनिक लेखा समितिको बैठक सोमबार बिहान साढे १० बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकको कार्यसूची भने संसद सचिवालयले सार्वजनिक गरेको छैन ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ । बैठकको कार्यसूचीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अवस्था, कार्यक्रमको प्रगति र चुनौतीको बारेमा छलफल हुने भएको हो ।
त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक सोमबार बिहान साढे ११ बजे बस्ने भएको छ। बैठकमा विद्युतीय व्यापार विधेयक९ २०८० को विषयमा विज्ञसँग छलफल गर्ने सम्भावित कार्यसूची रहेको हो ।
त्यसैगरी महिला तथा सामाजिक मामिला समितिको बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ । यस बैठकमा सामाजिक समावेशीकरणको वर्तमान अवस्था र आयोगले खेलेको भूमिकाको बारेमा छलफल गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो ।