पत्रकार महासंघको आजका लागि तय भएको चुनाव आगामी असार दोस्रो हप्ता हुने
काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव सरेको छ।
शनिबारका लागि तय भएको चुनाव आगामी असारको दोस्रो हप्ता हुने भएको हो। मतदाता नामावलीमा देखिएको विवादका कारण निर्धारित मितिमा चुनाव नहुने भएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिनुभयो। विवाद समाधानको प्रयास जारी रहेको र अध्यक्ष मण्डलसँगको परामर्शमा मतदानको मिति सारेको उहाले बताउनुभएको छ।
मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आगामी असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्समा अर्को मिति तय हुने जानकारी गराउने उहाँको भनाइ थियो ।
निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर जानकारी गराउन अध्यक्ष पोखरेलल आग्रह गर्नुभयो ।
असार दोस्रो हप्ताभित्र मतदान गर्ने भनिए पनि मिति भने तोकिएको छैन ।