कांग्रेस अब २०८४ सालको निर्वाचनसम्म संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा बस्छ: महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस २०८४ सालसम्म प्रतिपक्षमा बस्ने बताउनुभएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उहाँले २०८४ सालको निर्वाचनसम्म कांग्रेस सशक्त प्रतिपक्ष भएर बस्ने बताउनुभएको हो । २०८४ सालसम्म कांग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा बस्ने उहाँको भनाइ छ । कांग्रेसले अब २०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन कतै आँखा नलगाउने र हात नलम्ब्याउने उहाँको तर्क थियो ।
उहाँले भन्नुभयो,-‘कांग्रेसको सरकार बनाउने, गिराउने चाहाना छैन, कांग्रेस जनताका विषयलाई लिएर अगाडि बढ्छ, सरकार, शक्तिको आडमा अदालत र संवैधानिक आयोगलाई प्रभावमा पारेर कसैले जनविरोधी काम गर्न पाइँदैन ।’
२०७९ सालको निर्वाचनमा ५ वर्षका लागि ५ दलबीच गठबन्धन भए पनि चाहनाले नभई परिस्थितिले गठबन्धन टुटेकाले अब प्रतिपक्षमा बसेर संगठन निर्माणको कामलाई अगाडि बढाउने महामन्त्री थापाले बताउनुभयो ।