तत्काल एमालेसँग एकताको सम्भावना देखिएन: अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले तत्काल नेकपा एमालेसँग एकताको सम्भावना नरहेको बताउनुभएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा एकीकृत समाजवादी कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो,-'हिजोको कुरा बिर्सौं ठिक छ । तर अहिले एमालेसँग एकताको कुनै सम्भावना देखिएन । विगतको समीक्षा नगर्दा पनि त्यो देखिएको छैन । किन भने चाहना त हुनुपर्छ ।'
एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको अध्यक्ष नेपालको भनाइ छ ।