कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी असार दोस्रो हप्ता बस्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी असार दोस्रो हप्तामा बस्ने भएको छ ।
गत फागुन ७ देखि १० गते ललितपुरको गोदावरीमा सम्पन्न भएको महासमिति बैठकबाट पारित प्रतिवेदन संशोधनसहित पारित गर्न बैठक बस्ने भएको हो । यहि जेठ १७ गते सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा प्रतिवेदन संशोधन गरी असार दोस्रो हप्तामा केन्द्रीय समिति बैठक राखेर पारित गराउने सझदारी भएको उपसभापति धनराज गुरुङले जानकारी दिनुभएको हो ।
महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रतिवेदन केन्द्रीय समिति बैठकबाट संशोधनसहित अनुमोदन गर्ने गरी पारित भएको थियो ।महासमिति बैठकबाट प्राप्त सुझाव अनुसार आ-आफ्नो प्रतिवेदन संशोधन गर्न खड्का, थापा र शर्माले काम गरिरहेको उहाँले बताएउनुभयो।
कांग्रेसले महासमिति बैठकबाट पारित प्रतिवेदन नयाँ राजनीतिक परिस्थितिलाई जोडेर अनुमोदन गर्ने भएको छ ।