देशका ६ प्रदेशमा आज पनि मेघगर्जन/चट्यांगसहित मध्यम वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । नेपालमा स्थानीय वायु-पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर-प्रदेशदेखि पश्चिम-बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।
सोमबार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । साथै बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। त्यस्तै, कोशी र गण्डकी प्रदेशको केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षा समेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
सोमबार दिउँसो भने कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको हो । कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली प्रदेश र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।
लुम्बिनी प्रदेशको केही स्थानमा हावाहुरीको सम्भावना हुने भएको हो । त्यस्तै, देशका उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
सोमबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको छ।
कोशी, मधेश, गण्डकी प्रदेश र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो।