जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्नु गलत भएको अध्यक्ष नेपालको टिप्पणी
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेलाई जनताको बहुदलीय जनवाद ९जबज० लाई मार्गदर्शक सिद्धान्त मान्नु गलत भएको टिप्पणी गर्नुभएको छ ।
काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । समाजवादी युगमा जबजलाई मार्गदर्शक सिद्धान्त भन्न नमिल्ने र यसको औचित्य समाप्त भएको भनेर भन्न पनि नमिल्ने उहाँको तर्क छ ।
नेकपा एमालेको आठौं र नवौं महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्त भनेर पारित गरेकाले त्यसैलाई मानेर हिंडेको भनेर अध्यक्ष केपी ओलीलाई दोष दिन भने नहुने उहाँको भनाइ थियो ।
पार्टीले समाजवादी विचारधारा अघि सारेको उहाँले दावी समेत गर्नुभयो । आफ्नो पार्टीले वामपन्थी शक्तिलाई एकताबद्ध बनाएर लैजाने अध्यक्ष नेपालले बताउनुभएको छ ।