एमालकोे हालसम्म ६३ जिल्लाको अधिवेशन सम्पन्न
काठमाडौं । नेकपा एमाले पार्टीले हालसम्म ६३ जिल्लाको अधिवशेनबाट नयाँ नेतृत्व चयन गरेको छ ।
यहि जेठ महिनाभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन दिएको थियो । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले शनिबार इलाममा उपनिर्वाचन सम्पन्न भएकाले हाल अधिवेशन नभएको बताउनुभयएको छ ।
त्यस्तै, तेह्रथुममा आन्तरिक विवाद भई संगठन विभागले अध्ययन गरिरहेको र मोरङमा आयोजक कमिटी भर्खरै गठन गरिएको उहाँले बताउनुभयो । शुक्रबार मात्रै रुपन्देही र नुवाकोटको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
मधेश प्रदेशको सिराहा, सप्तरी र धनुषाको जिल्ला अधिवेशनको मिति तोक्न बाँकी रहेको हो।