पहिलो ओभरमै लिए कमलसिहं ऐरीले आयरल्याण्ड वुल्भ्सका कप्तानको विकेट
दृष्टि सञ्चार संवाददाता । आयरल्याण्ड वुल्भ्सविरूद्ध कमलसिंह ऐरीले पहिलो ओभरमै विकेट लिएका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिल बलिङ गरेको नेपालका लागि पहिलो ओभर बलिङ गर्न आएका ऐरीले ओभरको दोस्रो बलमा विकेट लिएका हुन्।
उनले आयरल्याण्ड वुल्भ्सका कप्तान नेइल रकलाई आरिफ शेखबाट क्याच आउट गराए। कप्तान रकको विकेटपछि केड कारमिचेल र पिटर मुर ब्याटिङमा आएका छन्।