नेपालले युएईका दुवै ओपनरलाई गर्यो आउट
आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा नेपालले अहिले युएईसँग खेलिरहेको छ।
मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले दुई विकेट गुमाएको छ। युएईका दुवै ओनपर आउट भएका छ्न।चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले युएईका खालिदलाई ३ रनमा रनआउट गरेका छन्।
सोमपालले सोहि ओभरको चौथो बलमा मोहमद वासीमालाई २६ रनमा करण केसीबाट आउट गरेका छन्। दोस्रो विकेट गुमाउँदा युएईले ३० रन जोडेको स्थिति थियो।
नेपाली टिममा एक परिवर्तन गरिएको छ। सन्दीप जोराको स्थानमा दीपेन्द्रसिंह ऐरीले टिममा स्थान बनाएका छन्। घाइते भएका कारण दीपेन्द्रले समूह चरणमा मलेसिया, सिंगापुर र ओमानविरुद्धको खेल गुमाएका थिए।
यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ।
यो खेल नेपालका लागि महत्त्वपूर्ण छ। किनकि नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर छ।
नेपाल र युएईबीच टी–२० मा अहिलेसम्म ८ खेल भएका छन्। आठमध्ये नेपाल र युएईले चार चार खेलमा जित निकालेका छन्।