सुप्रिम शिव बाबा स्कुल ,स्वयम्भू ,भगवानपाउ ,१५ द्वारा एसईई बधाई तथा बिदाइ कार्यक्रम सम्पन्न
स्वयम्भू बैक्वेट स्वयम्भू काठमाडौमा सुप्रिम शिव बाबा स्कुलले एसईई २०७९ मा उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाई ,सम्मान तथा बिदाइ सम्पन्न गरियो । उत्त कार्यक्रममाको सभापतित्व स्कुल संचालक समिति तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्री ओम शंकर श्रेष्ठज्युले गर्नुभएको थियो ।सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुर्व कामापा प्रवत्ता तथा १५ वड।का लोकप्रिय अध्यक्ष श्री इश्वर मान डङोलज्यु रहनु भएको थियो ।उत्त कार्यक्रममा स्कुलका सिइवो श्री श्याम श्रेष्ठ र प्रधानाध्यापक श्री नारायण गोपाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो । उत्त कार्यक्रममा अतिथिहरुको रूपमा बिनि श्री तारापती खरेल ,श्रोत ब्यत्ती श्री डा शर्मिला पोखरेल ,पुर्व श्रोत ब्यत्ती श्री कृष्ण लुइँटेल ,वडा शिक्षा समितीका सदस्य तथा वडा सदस्य श्री मैया लक्ष्मी महर्जन ,वडाका सम्पुर्ण सद्स्यहरु ,विभिन्न संस्थाका समाजसेवीहरु ,गुरु गुरुआमाहरु ,आदरणीय अभिभावकज्युहरु र विद्यार्थी भाइबहिनीहरुको उपस्तिथि रहेको थियो।उत्त कार्यक्रममा कक्षा १० का विद्यार्थी भाइबहिनीहरुले नृत्य प्प्रस्तुत गरेर २०७९ मा परिक्षामा सफलता हासिल गर्ने विद्यार्थीहरु लाई मायाको चिनो उपहार दिनु भयो।सभापति श्री ओम शंकर श्रेष्ठज्युले सफल विद्यार्थीहरु लाई बधाई तथा भबिस्यमा उच्च शिक्षमा पनि उन्नति र सफलताको कामना गर्नु भएको थियो । स्कुलका प्रिन्सिपल श्री नारायण गोपाल श्रेष्ठज्युले सम्पुर्ण अतिथिहरु र आदरणीय अभिभावकज्युहरु लाई कार्यक्रममा स्वागत र विद्यार्थी भाइबहिनीहरुलाई बधाई दिनुभयो । उत्त कार्यक्रममा स्कुलका सल्लाहकारद्दय श्री बिनोद राजभण्डारीज्यु र श्री भवानी शंकर श्रेष्ठज्यु को पनि उपस्थित रहेको थियो। बधाई तथा बिदाइ कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक झल्को दिने गरि नृत्य प्रदर्शन गरी आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए । कार्यक्रममा एसईई -२०७९ मा उतीर्ण विद्यार्थी भाइबहिनीहरुलाई बिद्यालयले सम्मान सहित सभापतिज्यु बाट टोकन अफ लभ प्रदान गर्नुभएको थियो ।