वामदेवलाई एमालेमा फर्कन ओलीको प्रस्ताव
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी नेता वामदेव गौतमलाई एमालेमा फर्कन आग्रह गरेका छन् । राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मत माग्न बुधवार दिउँसो गौतमकै निजी निवास भैंसेपाटी पुगेका ओलीले राष्ट्रपतिमा नेम्वाङलाई मत माग्नुका साथै एमालेमा फर्कन आग्रह समेत गरेका हुन् ।