नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ८० दिन पछि रिहा त कतै गिरफ्तार
काठमान्डौ २३ असार । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’ रिहा भएका छन् । जिल्ला अदालत सुनसरीको आदेशमा नेकपाका केन्द्रीय सदस्य ‘आदर्श’ र ‘असल’ रिहा भएका हुन् । उनीहरुसँगै धनकुटा इन्चार्ज बाबुराम राई ‘विवश’ र मिनबहादुर राई पनि सोमबार साधारण तारेखमा रिहा भएका छन् ।
केन्द्रिय सदस्य आदर्श र असल बैशाख ७ गते गिरफ्तार परे ८० दिन पछि रिहा भएका ह’न । उनीहरुलाई यसअघि सर्वोच्च अदालतले रिहा गर्ने आदेश गरेपनि प्रहरीले पुनः गिरफ्तार गरेर धरान पुर्याएको थियो ।
जिल्ला अदालत सुनसरीले ने क पा का पोलिट्ब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ लाई पनि रिहा गर्न आदेश दिएको थियो । तर, कार्कीलाई अदालत परिसरबाटै पुनः गिरफ्तार गरिएको छ । उनलाई नुवाकोट लगिँदै गरेको बताइएको छ ।
इस्तै डडेल्धुरा र कैलालीबाट तीनलाई फेरी प्रहरीले गिरफ्तार गरेको बताएको छ । प्रहरीले सोमबार नेकपाका डडेल्धुरा जिल्ला सदस्य देव भट्टराई र रामदत्त भट्टलाई गिरफ्तार गरेको हो